तीनकुने घटनाको छानबिन गर्न संसदमा माग

आइतबार, ०८ असार २०८२, १३ : २९

काठमाडौं - राजा फर्काउने भनेर भएको तीनकुने घटनाको पराकम्प अझै बाँकी छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरे।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गर्दै उनी जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गरे।

‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो,’ राणाले भने, ‘दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन। राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो। सभामुख महोदय त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ। सरकार छानबिन गर्न किन डराइरहेको छ ?’


 

आइतबार, ०८ असार २०८२, १३ : २९

प्रतिक्रिया