काठमाडौं - स्वतन्त्र सांसद अमरेश सिंह बिभिन्न कारणले चर्चामा आइरहन्छन् । उनी नेपाली कांग्रेसको राजनीतिबाट आए पनि गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र रुपमा निर्वाचित भए । उनी पढे लेखेका र तार्किक बहसका लागि पनि परिचित छन् । यसपटक भने उनी फरक ढंगले चर्चामा आएका छन् । यद्यपी उनले भनेको विषयलाई गहिरोसँग विश्लेषण गर्ने हो भने उनी सही नै लाग्न सक्तछन् । उनले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिन भनेपछि संसद्मा हंगामा भयो र उनी एकाएक चर्चामा आए ।
आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेता बाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए।
‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चाररपाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ,’ उनको भनाइ छ, ‘बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउ, अमेरिकालाई दिउ, भारतलाई दिउ, चीनलाई दिउ।’
सिंहले थपे, ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्नेरु खाली ट्याक्स लिनलाई राख्ने ?’
उनले यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।
लगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए। ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’
तर, सभामुखको रुलिङपछि पनि सांसद सिंह आफ्नो भनाइ राख्नबाट रोकिएनन्। सभामुखको रुलिङ आफूले नमान्ने भन्ने भन्दै भनाइ जारी राखे।
त्यसपछि सत्तारुढ दलका सांसदहरु उठेर उनको विरोध गरेका थिए। सांसद सिंहविरुद्ध नाराबाजी थालेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहलाई आफ्नो भनाइ बन्द गर्न आदेश थिएका थिए।
सांसद सिहले बजेटमा भएको असमान वितरण तथा नेतामुखी प्रवृत्तिको बिरोध गर्न उक्त विषय उठाएका थिए । त्यसैले संसद गफ गर्ने अखडा हो भन्ने भनाइ त्यसै आएको होइन रहेछ भन्ने पनि यसले प्रमाणित गरेको छ । सत्तारुण् दलका सांसदहरु मूल विषयमा केन्द्रित नभएर आफ्नो बचाउ गर्न कथित देशभक्तिको कुरा गरिरहेका छन् । सांसद सिंहको भनाइ त बजेट नेतामुखी मात्र नहोस्, आवश्यकताको आधारमा बजेट विनियोजन होस् भन्ने मात्र बुझिन्छ ।
प्रतिक्रिया