दोर्दी खोला जलविद्युतले ९३ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने

बुधबार, ११ असार २०८२, १६ : १७

काठमाडौं- दोर्दी खोला जलविद्युत लिमिटेडले असार २४ गतेदेखि ९३ हजार ६२९ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । 

कम्पनीले, सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ 

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसमा असार ३२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु साथै गरिमा विकास बैंक लिमिटेड, बागलुङमा निवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

बुधबार, ११ असार २०८२, १६ : १७

प्रतिक्रिया