रूपन्देही–३ को उपनिर्वाचनमा जनताको आवाज : क्याप्टेन गौरव बोहरा अबको आवश्यकता

विहीबार, १२ असार २०८२, ११ : २८

काठमाडौं- रूपन्देहीको राजनीतिमा नयाँ आयाम थपिँदैछ, रुपन्देही–३ उपनिर्वाचनको तयारीले जिल्लालाई फेरि एकचोटि राजनीतिक रापतापमा प्रवेश गराएको छ। तर, यसपटक सामान्य दलगत प्रतिस्पर्धाभन्दा फरक ढंगले एक नाम जनस्तरबाट उत्कट अपेक्षाका साथ उठिरहेको छ- त्यो नाम हो क्याप्टेन गौरव बोहरा। गौरव बोहरा स्वर्गीय दीपक बोहराका जेठा सुपुत्र हुन्।

क्याप्टेन बोहराको नाम केवल एक उम्मेदवारको रुपमा हैन, राजनीतिमा निष्ठा, निरन्तरता र निष्कलंक छविको प्रतिकको रुपमा अगाडि आइरहेको छ। २०५६ सालदेखि निरन्तर राप्रपामा आबद्ध रहँदै उनले संगठनको कठिन र उथलपुथल समयहरूमा समेत आत्मबल गुमाएनन्। जितको गर्व वा हारको पीडाभन्दा माथि उठेर पार्टीप्रति समर्पित रहे। राप्रपा जिल्लामा कमजोर हुँदै गएको बेलामा पनि उनले संगठनको साख जोगाउन स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गरे ।

उनले कुनै जालझेल वा गुटगत चाकरीको राजनीतिमा आफुलाई संलग्न गरेनन्। सादा जीवन, स्पष्ट बोली, आचरणमा अनुशासन र व्यवहारमा कूटनीतिक निखारले गर्दा उनलाई एक ‘भरोसायोग्य जननेता’को रुपमा हेर्न थालिएको छ। उनी प्राविधिक अनुभव, व्यवस्थापन दक्षता र समाधानमुखी सोच भएका व्यक्तित्व हुन्- जुन गुण वर्तमान राजनीतिमा प्रायः लोप हुँदै गएका छन्। यही कारण हो कि जनता अहिले ‘व्यवस्थापकीय नेतृत्व’ खोजिरहेका छन् ।

उनको प्राविधिक र व्यवस्थापन क्षमताले गर्दा नयाँ युगको आवश्यकता अनुसारको नेतृत्व दिन सक्ने सामथ्र्य उनीसँग रहेको जनस्तरमा विश्वास छ। उनले युवालाई राजनीति प्रतिको वितृष्णाबाट निकालेर राष्ट्रको पुनर्निर्माणमा लाग्न प्रेरित गर्ने शक्ति देखाएका छन्। राजनीतिमा नैतिकताको आवाज बोहक गर्ने दुर्लभ व्यक्तित्वको रूपमा उनमा आशा जगिएको हो।

रूपन्देहीको जनताले थाहा पाएका छन्- केवल नाम र प्रचारले नभई माटोसँग आत्मीयता, जनतासँग सम्पर्क र संगठनप्रति निष्ठाले मात्र राजनीति सार्थक हुन्छ। यही मापदण्डमा क्याप्टेन बोहरा बलियो उम्मेदवारको रुपमा अगाडि देखिएका छन् । यही कारण जनस्तरमा ‘अब चाहिन्छ – गौरवजस्तै स्वाभिमानी, स्वच्छ र प्राविधिक सोच भएको नेता’ भन्ने आवाज मुखरित भइरहेको छ ।

राप्रपाले यदि पार्टीभित्रैका यस्ता इमानदार र निरन्तरता बोकेको पात्रलाई अघि सार्नुपर्छ भन्ने माग जबरजस्त उठेको छ । जनताको भावनालाई बुझेर उम्मेदवार उठाउने राजनीतिक दूरदर्शिता राप्रपा नेतृत्वले देखाउने आशा गरिएको छ । अहिलेको घडीमा रूपन्देहीलाई प्रतिनिधित्व गर्न सशक्त, सुसंस्कृत, अनुभवी र स्पष्ट छविको नेतृत्व आवश्यक छ । र, त्यो नेतृत्व क्याप्टेन गौरव बोहरामा देखिएको छ ।

आज राजनीति परिवर्तनको मोडमा उभिएको छ। अब पुरानै अनुहार होइन, जनभावनाको प्रतिबिम्ब बन्न सक्ने पात्रहरूलाई अघि सार्नुपर्छ। क्याप्टेन बोहराले त्यही पात्रको परिचायक बनेका छन्। यिनै आधारमा अहिलेको उपनिर्वाचनमा क्याप्टेन गौरव बोहराको उम्मेदवारी मात्र विकल्प होइन, आवश्यकता बनेको स्थानीयहरूले दाबी गरेका छन्।

 
 
 
 
विहीबार, १२ असार २०८२, ११ : २८

प्रतिक्रिया