विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किँदै, के गर्लान् केपी ओली ?

शुक्रबार, १३ असार २०८२, १५ : २३

काठमाडौं - नेकपा(एमाले) को आन्तरिक राजनीतिमा निकै ठूलो उतारचढावको अवस्था देखिएको छ । पूर्वराष्ट्रपति विद्याा भण्डारी सक्रिय पाटीृ राजनीतिमा फर्कने हल्ला अब यर्थार्थमा बदलिने भएको छ । भोली शनिबार मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमलाई नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ।

सोही कार्यक्रममा मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन् ।  एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी छन्।

भण्डारीको तयारीबारे सोध्दा थापाले आजको अर्थसँग भने, ‘भोलि उहाँले एउटा स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ जस्तो लाग्छ मलाई। यो कुरा त्यति टाढा पनि छैन। भोलि उहाँले कुनै दुविधा नरहने गरी स्पष्ट पार्नुहुन्छ। त्यसैगरी तयारी गर्नुभएको छ।‘ थापाले भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेकाले पनि भोलि दुविधा नरहने गरी बोल्ने बताए।

भण्डारी सक्रिय राजनीतिमा फर्कने घटना सामान्य होइन । उनी सक्रिय राजनीतिमा फर्किएपछि पार्टी नेतृत्वमै पुग्ने गरी फर्किँदैछन्। यो चर्चा भण्डारी राष्ट्रपतिको पदबाट हटेसँगै सुरु भएको हो। त्यसैले पनि एमाले वृत्तमा यो चर्चाले निकै महत्व पाएको छ । 

 
 
 
 
शुक्रबार, १३ असार २०८२, १५ : २३

प्रतिक्रिया