काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो २३ औं वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।५२६३ नगद लाभांश छन्।
यस सभाले बोनस सेयर जारीपछि कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया