एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

आइतबार, १५ असार २०८२, १३ : २८

काठमाडौं-  नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेका बेला पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

पार्टी अध्यक्ष ओली स्वदेश नआइपुगुञ्जेल पार्टीको सम्पूर्ण कामकाज गर्नेगरी पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

 
आइतबार, १५ असार २०८२, १३ : २८

प्रतिक्रिया