काठमाडौं — नेपाल धितोपत्र बोर्डले नियम उल्लंघन गरेको भन्दै दुई ब्रोकर कम्पनीलाई कारबाही गरी नगद जरिवाना तिराएको छ।
बोर्डका अनुसार काठमाडौं नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण तोकिएको समयमा पेश नगरेका कारण जरिवाना गरिएको हो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम दुवै ब्रोकर कम्पनीलाई पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ ।
प्रतिक्रिया