तेह्रथुम पावरले भोलिदेखि हकप्रद सेयर निष्कासन गर्ने

आइतबार, १५ असार २०८२, १३ : ०६

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलि असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ। 

यस सेयरमा नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा र नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयकाबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
 

आइतबार, १५ असार २०८२, १३ : ०६

प्रतिक्रिया