काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ।
कम्पनी एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट सुविधा ल्याइएको जानकारी गराएको हो। यो ५० प्रतिशत छुट सुविधा व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई प्रदान गरिने भने भने व्यतित मितिबाट ५ वर्ष नाघेकालाई ३५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।
यो छुट सुविधा आज असार १५ गतेबाट असार १८ गतेसम्म पाइने कम्पनीले स्पष्ट पारेको छ। जीवन बीमा कम्पनीहरुले यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिन्छ। २०८३ असार १५ गतेसम्म परिपक्व हुने बीमालेखहरुमा यो छुट लागू हुने छैन।
प्रतिक्रिया