काठमाडौं- प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा आज असार १६ गते हुँदैछ । सभा कम्पनीको मूख्य कार्यालय धनगढी कैलालीमा दिउँसो १ बजे गर्ने जनाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको खर्च अनुमोदन गर्नेछ ।
सेयरधनीहरु आफ्नो सक्कल परिचयपत्र साथमा लिई गएका सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया