निर्जीवन बीमा कम्पनीहरूद्वारा ११ महिनामा करिब ४० अर्ब बिमा शुल्क संकलन

सोमबार, १६ असार २०८२, १० : ४६

काठमाडौं- निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बीमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

जेठ मसान्तसम्ममा १४ बिमा कम्पनीहरूले ३९ अर्ब ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।

नेसनल इन्स्योरेन्स कम्पनीले भने सबैभन्दा कम ९७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

लघु निर्जीवन बीमा कम्पनीहरूमा भने नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै २३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । 

यस अवधिमा यी १८ कम्पनीहरूले कुल २९ लाख २६ हजार ५२९ वटा बीमा लेख जारी गरेका छन् ।

सोमबार, १६ असार २०८२, १० : ४६

प्रतिक्रिया