धनगढीका अधिकांश टोल डुबानमा, ८ जनाको उद्धार

सोमबार, १६ असार २०८२, १४ : ११

कैलाली– धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको संकेत नै जारी गरेको हो ।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लो बेड, अन्नपात लगायतमा ठूलो क्षति पुगेको छ।

व्यापक डुबानमा परेका धनगढी उपमहानगर ७ बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 
सोमबार, १६ असार २०८२, १४ : ११

प्रतिक्रिया