निजामती विधेयकमा चलखेल गर्नेलाई निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्छः जनार्दन शर्मा

मंगलबार, १७ असार २०८२, ०९ : १२

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भएको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले  यस्ता भ्रष्ट र तुच्छ कार्यले संसद्कै उपहास गर्ने भएकोले जो कोही भए पनि तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गरेका छन् । 

उनले लेखेका छन्–‘संसदीय इतिहासमा कानुन निर्माणको सर्वोच्च निकायमै कानुनको दफामा हेराफेरी ! जनप्रतिनिधिहरूको अपहरण जनताप्रति बेइमानी, भ्रष्ट र तुच्छ कार्य संसद्कै उपहास गर्ने जो कोही भए पनि तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्छ।’

 

 

मंगलबार, १७ असार २०८२, ०९ : १२

प्रतिक्रिया