काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो।
विभिन्न सरकारी निकायको सिफारिसमा यी कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो।
प्रतिक्रिया