काठमाडौं - प्रहरी प्रधान कार्यालयले प्रहरी आचारसंहीता विरुद्ध काम गरेको भन्दै एक ट्राफिक प्रहरीका सइलाई काठमाडौं झिकाएको छ । रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्काले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए ।
बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो ।
प्रतिक्रिया