एक्लिदै सरकार, बाहिरियो नाउपा

शुक्रबार, २० असार २०८२, १५ : २४

काठमाडौं - केही दिन पहिले जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गणितीय रुपमा सरकारलाई संकट नपरे पनि राजनीतिक तथा नैतिक संकटबाट भने सरकार घेरिदै जान थालेको छ । 

केन्द्रमा समर्थन पिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका थिए । आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारको बहुमत कायमै रहेको छ । 

नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको साथ उनलाई छ ।

शुक्रबार, २० असार २०८२, १५ : २४

प्रतिक्रिया