रिलायबल नेपाल लाइफका सीईओमा नारायण बाबु लोहनी पुनः नियुक्त

आइतबार, २२ असार २०८२, ११ : ५१

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण बाबु लोहनी पुनः नियुक्त भएका छन्। 

असार १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

 
 
आइतबार, २२ असार २०८२, ११ : ५१

प्रतिक्रिया