इजरायल–हमास युद्धविराम वार्ता आज कतारमा हुँदै

आइतबार, २२ असार २०८२, १२ : २४

काठमाडौं- इजरायलले गाजामा युद्धविरामको बारेमा वार्ता गर्न आज कतारमा प्रतिनिधि पठाउने भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले शनिबार राति यो घोषणा गरेको हो। इजरायलले जुन २, बुधबार गाजामा युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको थियो।

कतारले प्रस्ताव गरेको प्रस्तावअनुसार हमासले इजरायलसँग ६० दिने युद्धविरामको लागि तुरुन्तै वार्ता गर्न तयार रहेको पनि शनिबार बताएको छ।

इजरायल र हमास पहिले पनि धेरै पटक सम्झौताको नजिक पुगेका थिए तर अन्तिम समयमा सानातिना मुद्दाहरूमा सहमति भंग हुँदै आएको थियो।

यसअघि ट्रम्पले मंगलबार आफ्नो ट्रुथ सोसल पोस्टमा हमासलाई चेतावनी दिँदै भनेका थिए, ‘मलाई आशा छ हमासले यो सम्झौता स्वीकार गर्ने छ, अन्यथा उनीहरूको लागि अवस्था झनै खराब हुनेछ।’ -एजेन्सी

 
 
आइतबार, २२ असार २०८२, १२ : २४

प्रतिक्रिया