यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

सोमबार, २३ असार २०८२, १३ : २७

काठमाडौं- यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो । 

यसैगरी रु एक लाख राशिको संगीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । 

साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार  गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ । 
    
त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताउनुभयो । गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए ।
 

 
 
सोमबार, २३ असार २०८२, १३ : २७

प्रतिक्रिया