बाढीले कालुङ्खोला लघुजलविद्युतको पावर हाउस बगायो, एक सय ३० घरमा बिजुली आपूर्ति बन्द

बुधबार, २५ असार २०८२, ०९ : ५०

बागलुङ– जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । 

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताइन् । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । 

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताउनुभयो । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ । 
 

 
बुधबार, २५ असार २०८२, ०९ : ५०

प्रतिक्रिया