नेपाली बजारमा ब्युररको आगमन, स्वास्थ्य जाँचका उपकरण घरमै उपलब्ध हुने

बुधबार, २५ असार २०८२, ११ : ३४

काठमाडौं — विश्वप्रसिद्ध जर्मन स्वास्थ्य उपकरण निर्माता कम्पनी ब्युरर (Beurer) ले नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ। 

यस अवसरमा काठमाडौंको त्रिपुरेश्वर आयोजित औपचारिक कार्यक्रममा ब्युरर इंडियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपाल ओभरसिज मार्केटिङ कम्पनीका कार्यकारी निर्देशक राहुल अग्रवालको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै रोहित सैनीले भने, “ब्युरर सधैं नवप्रवर्तन र भरपर्दो प्रविधिमार्फत जीवनशैली सुधार गर्ने लक्ष्यमा अघि बढेको छ। नेपालमा बढ्दो पूर्वसावधानीपूर्ण स्वास्थ्य सचेतनालाई समर्थन गर्न पाउँदा हामी उत्साहित छौं।”

सुरुआतमा ब्युररका नेपाली बजारमा निम्न उपकरणहरू उपलब्ध हुनेछन्ः

  • डिजिटल ब्लड प्रेसर मोनिटर (बीपी मिटर)

  • सासप्रश्वाससम्बन्धी हेरचाहका लागि नेब्युलाइजर

  • रक्त शर्करा मापन गर्नका लागि ग्लुकोमीटर

  • डिजिटल थर्मामीटर

यी उपकरणहरू जर्मन प्रविधिमा आधारित, प्रयोगमा सहज र चिकित्सकीय रूपमा प्रमाणित रहेका छन्, जसले घरमै सहज स्वास्थ्य निगरानी सम्भव बनाउँछ।

कार्यक्रममा राहुल अग्रवालले भने, “विश्वसनीय ब्रान्ड बेउरलाई नेपालमा ल्याउन पाउँदा हामी गर्व गर्छौं। घरमै स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति बढिरहेको अवस्थामा बेउरको उपकरण समयसापेक्ष र परिवर्तनकारी हुनेछ।”

ब्युररले दिगोपन, नवप्रवर्तन र उपभोक्ता हेरचाहमा आधारित सेवाको प्रतिबद्धता जनाएको छ। नेपालभर उपलब्ध सहज सेवा तथा नेपाल ओभरसिज मार्केटिङ कम्पनी को बलियो वितरण प्रणालीमार्फत यसका सामग्रीहरू बजारमा सहजै उपलब्ध हुनेछन्।

अब नेपाली परिवारहरूले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रविधि घरमै अनुभव गर्न सक्ने भएका छन्।

 
बुधबार, २५ असार २०८२, ११ : ३४

प्रतिक्रिया