काठमाडौं– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो त्यसबारे जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका हुन् ।
‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो,’ गृहमन्त्री लेखकले भने, ‘सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’
प्रतिक्रिया