एनआरएनए जापानको उपाध्यक्षमा दिलीप कंडेलको उम्मेदवारी : समाजसेवाबाट स्थापित, अब संस्थागत नेतृत्वका लागि अग्रसर

बुधबार, २५ असार २०८२, २१ : २५

जापान- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा समाजसेवी दिलीप कंडेलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

बागलुङ जिल्लाको गल्कोटमा जन्मिएर जापानलाई आफ्नो कर्मभूमि बनाएका कंडेल विगत एक दशकदेखि सामाजिक सेवामा सक्रिय छन्। नेपालमा मठ–मन्दिरको संरक्षण, ग्रामीण सडक निर्माण तथा कृषि प्रवर्द्धन जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उनी जापानमा विशेषगरी कान्साई क्षेत्रमा आफ्नो प्रभावशाली सामाजिक उपस्थिति कायम गर्न सफल भएका छन् । 

कोरोना कालमा बाग्लुङ जिल्ला गल्कोट नगरपालिका २ नरेठाटिमा सबैभन्दा पहिले आफ्नै पहलमा आपत्कालीन राहत कोष स्थापना गरी एक महिनासम्मको लागि एम्बुलेन्स फ्री सेवा गर्नको लागि आफै पहल गरेका कंडेल आपतविपत्तिको घडीमा पीडितहरूको सहयोग, विद्यार्थी तथा श्रमिकहरूको समस्यामा प्रत्यक्ष संलग्नता, जातीय, भेगीय तथा प्रदेशस्तरीय संघसंस्थामा सक्रिय सहभागिता उनको परिचय बनेको छ।

कंडेलको नेतृत्वमा आत्मीयता, अग्रसरता र निःस्वार्थ सेवा झल्किन्छ। उनलाई नजिकबाट चिन्नेहरू “बोली होइन, कर्ममा विश्वास गर्ने” नेतृत्वका रूपमा चिन्ने गर्दछन्। युवापुस्ताप्रति विशेष स्नेह राख्ने उनी बलियो आत्मबल, सहयोग र प्रेरणाको स्रोतका रूपमा परिचित छन् ।

संस्थागत जिम्मेवारीप्रतिको उहाँको गहिरो प्रतिबद्धता, पारदर्शिता र सक्रिय सहभागिताले जापानस्थित नेपाली समाजमा सकारात्मक परिवर्तनको अपेक्षा र आशा दिलाएको छ।जापानको स्थापित सस्था गल्कोट समाज जापानको महासचिव, तथा एनआरएनए जापानका बर्तमान सचिव रहेका कंडेलले आफ्नो  उम्मेदवारीको घोषणा गर्दै सम्पूर्ण जापानभरिका नेपाली समुदायलाई  अत्यधिक मतका साथ आफूलाई विजयी गराउन आग्रह गरेका छन् ।

“सङ्गठित, सशक्त, समृद्ध एनआरएनए निर्माणमा सबैको सहभागिता,साझा नेपाली सांस्कृतिक घर निर्माणमा पूर्ण प्रतिबद्धता” भन्ने मूल नाराका साथ अघि बढ्नुभएका दिलीप कंडेल जात, धर्म, भाषा र संस्कृतिप्रति गहिरो सम्मान र अपनत्व राख्ने नेतृत्वका रूपमा स्थापित छन् । उनको उम्मेदवारीसँगै जापानस्थित नेपाली समाजमा संस्थागत विकास, सामाजिक एकता र समावेशी नेतृत्वको नयाँ सम्भावना देखिएको छ।
 

बुधबार, २५ असार २०८२, २१ : २५

प्रतिक्रिया