महेशकुमार खाती/लिस्वन- नेपाली जनप्रगतिशिल मञ्च (एनपीपीएफ) नर्वेको पाँचौ अधिवेशनले डिलाराम चापागाईंको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
मंगलबार ओस्लोमा भएको अधिवेशनबाट उपाध्यक्षमा सुबास पुन मगर र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार चयन भएका छन् भने डा. सञ्जय अर्याल कोषाध्यक्ष चुनिए ।
सदस्यहरूमा महेन्द्र थापा, सुजन लामा, सुनिल पौडेल, देवेन्द्र सुनार, राजु के सी, अमर राज पंत, मिना पाण्डे तिमल्सिना र सुरेन्द्र केसी चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तर महादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतमले प्रदेशमा रहेका प्रगतिशील विचार बोक्ने नेपालीहरु एक हुनुपर्नेमा जोड दिए । उनले नेपालमा माओवादीले जनयुद्ध गरेकै कारण देशमा परिवर्तन आएको बताउँदै संस्थागत गर्न फेरी एकपटक माओवादी पार्टीलाई बलियो बनाउनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च (एनपीपीएफ) युरोपका पूर्व अध्यक्ष तथा नर्वेका संस्थापक डा।कृष्ण अर्यालले संगठनलाई बलियो बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा नर्वेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको बाक्लो सहभागिता रहेको थियो ।
प्रतिक्रिया