काठमाडौं- रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुर्याएको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड मेनुफेक्चर्स एसोसिएशन (नाइमा) ले दुःख व्यक्त गरेको छ ।
नाइमाले एक विज्ञप्ति जारी गर्दै विपद्का कारण धेरैको जीवन, घर, व्यवसाय, र सार्वजनिक संरचनामा क्षति पुर्याएको सञ्चारमाध्यम तथा प्रत्यक्षदर्शीहरूबाट प्राप्त जानकारीबाट स्पष्ट भएको नाइमाले बताएको छ ।
नाइमाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।
यस सन्दर्भमा नेपाल भित्रने ६० प्रतिशतभन्दा बढी सवारी साधनहरु उत्तरी नाकाबाट आउने र रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्कँदा चाडवार्डको समयमा हुने सवारी आयातमा असर पर्ने नाइमाले जानकारी दिएको छ ।
यसका साथै नाइमाले उद्धार, राहत र पुर्वाधार पुर्ननिमार्णमा प्राथमिकता दिनका लागि सरकारलाई आग्रह गरेको छ । यसका लागि आवश्यक परेमा नाइमाले गर्न सक्ने समन्वय गर्न तत्पर रहेको जनाएको छ ।
प्रतिक्रिया