पत्नी सीता दाहालको स्मृति दिवसमा मानव सेवा आश्रम पुगे प्रचण्ड

शुक्रबार, २७ असार २०८२, ११ : ४७

काठमाडौं– आज असार २७ गते पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा पुगेका छन् ।

उनले आश्रममा आश्रित महानुभावहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन पनि गराएर सँगै बसेर खाना खाएका छन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए ।

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे।

 
शुक्रबार, २७ असार २०८२, ११ : ४७

प्रतिक्रिया