काठमाडौं- बलेफी हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।
कम्पनी सञ्चालक समितिले हाईड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाडौंलाई सेयर रजिष्ट्रार नियुक्त
गर्ने निर्णय गरेको हो ।
यससँगै बलेफी हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने कम्पनीले जानकारीे दिएको छ ।
शुक्रबार दरबारमार्ग काठमाडौंस्थित कम्पनी सञ्चालक समितिको रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक समारोहकाबीच सेयर रजिष्ट्रार परिर्वतनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर दुवै पक्षको हस्ताक्षर भएको हो ।
प्रतिक्रिया