आज काठमाडौं महानगरले बजेट ल्याउँदै

आइतबार, २९ असार २०८२, ०९ : २६

काठमाडौं– काठमाडौं महानगरपालिकाको बजेट आइतबार आउँदै छ । आज दिउँसो २ बजे नगर सभाको बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ । 

शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए ।  बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो । 

बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।

 
आइतबार, २९ असार २०८२, ०९ : २६

प्रतिक्रिया