काठमाडौं- हिमालयन पावर पार्टनरले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग गर्न अनुमति मागेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
हिमालयन पावर पार्टनरको हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
प्रतिक्रिया