भिनाजुद्वारा गोली हानेर सालीको हत्या

सोमबार, ३० असार २०८२, ०९ : २७

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।  

प्रारम्भिक अनुसन्धानबाट भिनाजु नाता पर्ने भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले घरेलु विवाद हुँदा गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताए ।  गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 
सोमबार, ३० असार २०८२, ०९ : २७

प्रतिक्रिया