काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि ओली सरकारका दुई मन्त्री विवादमा तानिएका थिए । तीमध्ये मन्त्री गुप्ताले राजीनामा दिए भने सोही अडियोमा नाम उल्लेख भएका अर्का भूमिसुधार मन्त्री बालाराम अधिकारी पदमै छन्।
सार्वजनिक भएको घुस लेनदेन सम्बन्धी अडियोमा भूमिसुधार मन्त्री अधिकारीको नाम समेत मन्त्री गुप्ताले लिएका छन् । अडियोमा उल्लेख भए अनुसार पोखराको जग्गा र भूमि आयोगमा पदाधिकारी नियुक्ति र कर्मचारीको सरुवाको विषयमा कुराकानी भएको छ । त्यसमा भूमि आयोगमा पदाधिकारी नियुक्तिको विषयमा बिचौलीयाले पैसा दिन तयार रहेको बताउँदा मन्त्री गुप्ताले भूमि सुधार मन्त्री अधिकारीको नाम लिएर उनैले पैसा खाएको आरोप लगाएका छन् ।
ओली मन्त्रिमण्डलमा रहेका दुई जना मन्त्रीको नाम नै एक्त अडियोमा मुछिएको भन्दै आइतबारदेखि सदनमा प्रमुख प्रतिपक्षी दलहरुले आरोपी मन्त्रीद्वयलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए । ती मध्ये गुप्ताले राजीनामा दिए भने अर्का भूमिसुधार मन्त्री अधिकारीले भने राजीनामा दिने सुरसार गरेका छैनन् ।
प्रतिक्रिया