प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, ०१ साउन २०८२, १० : ३०

काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ साउन २ गते भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

यस प्रस्ताव पारितका लागि साउन २३ गते कम्पनीको २९औं वार्षिक साधारणसभा बस्दैछ।

सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ । 

 
विहीबार, ०१ साउन २०८२, १० : ३०

प्रतिक्रिया