प्रभु महालक्ष्मी लाइफद्वारा बेटर नेपाललाई नगद सहयोग

विहीबार, ०१ साउन २०८२, १२ : ३०

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पिंगलास्थानमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय ५ लाख रुपैयाँ नगद सहयोग गरेको छ । बेटर नेपालले सञ्चालन गरेको बाल सारथीले अनाथ तथा विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिँदै आएको छ ।

बुधबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बालसारथी संस्था संचालन गर्ने बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।

त्यसैगरी बेटर नेपालकी अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरुको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरु र मनकारी व्यक्तिहरुको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति सदस्य सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोन बहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे र बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

 
विहीबार, ०१ साउन २०८२, १२ : ३०

प्रतिक्रिया