काठमाडौं–स्मार्टफोन ब्राण्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्ल्याटफर्म दराजसँग सहकार्य गर्दै महा बचत बजारमा सहभागीता जनाएको छ । अभियानअन्तर्गत श्रावण २ देखि श्रावण १६ सम्म (जुलाई १८ देखि जुलाई ३१, २०२५) चल्ने जनाइएको हो ।
यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य राखेको छ । मेगा उपहारमा एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी ५० लाईट जित्न सक्नेछन् ।
फ्ल्यास सेलमा भिभो बड्स मात्र रु. ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोन हरूको खरिदमा अधिकतम रु. १०,००० सम्मको छुट कुपन पनि प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया