काठमाडौं–नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशष्ट व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई स्वागत गरेका हुन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईला), चलचित्र कलाकार केशर विषी, भिमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडा अध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेका छन् ।
प्रतिक्रिया