काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक सक्रियता कहेी दिन यता निकै बढाए । उनको दौडधुपले नेपालको सत्ता समीकरणमा बदलाव आउने अनेकौं अड्कलबाजी राजनीतिक वृत्तमा चलेको थियो ।
पार्टी भित्र र बाहिर आफ्नो अस्तित्व कायम गर्न संघर्षरत कोइराला आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिको दाबेदार समेत हुन् । उनी पार्टीगत कामका लागि भन्दै आफ्नो गुट बलियो बनाउन देश दौडाहामा निस्किए पनि केही दिन अघि भने सत्ता राजनीतिक उलटफेर गर्ने उद्देश्यले नै राजनीतिक दौडधुप बढाएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए । सक्रिय राजनीतिमा पुनरागमन गरेर एमालेको आन्तरिक राजनीति तंरंगित बनाएकी भण्डारी र प्रचण्डसँग शेखरको भेटलाई निकै महत्व दिएर चर्चा गरिए पनि त्यसले कुनै परिणाम दिन नसक्ने बुझिएको छ ।
कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्षले नचाहेसम्म सत्ता राजनीतिमा फेरबदल नहुने संसदीय अंकगणित छ । कोइराला पक्षमा रहेका पार्टी महामन्त्री गगन थापा समेत यतिबेला उनीसँग असन्तुष्ट रहेको चर्चा कांग्रेस वृत्तमा छ ।
आफ्नो समूहसँग निर्णायक सांसद समेत नभएका कोइरालाको दौडधुपले सत्ता समीकरण बदल्न प्रभावकारी भूमिका खेल्न नसक्ने जानकाहरुको दाबी छ । सत्ता परिवर्तनको सहयोगको अपेक्षा लिएर कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । तर, पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन समेत एमालेमा निकै असहज हुने देखिएको छ । एमालेको सचिवालय र पोलिटब्युरोमा बैठमा उनीविरुद्ध नै अधिकांश नेताहरु लागेपछि एमालेमा आगामी यात्रा सुखद नहुने संकेत गरेको छ ।
पार्टीभित्र कमजोर रहेका शेखरले माओवादी अध्यक्ष प्रचण्डले चाहेर मात्रै वर्तमान सत्ता समीकरण उलटफेर हुनसक्ने अवस्था छैन । उता, एमालेमा पनि विद्याको पक्षमा समेत बलियो उपस्थिति नदेखिएपछि शेखरको दौडधुप निरर्थक सावित भएको छ ।
प्रतिक्रिया