काठमाडौं- सयपत्री हाइड्रोपावर कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि साउन २ गते धितोपत्र व्यवसायी एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया