एमाले केन्द्रीय कमिटी बैठक

पार्टी विभाजन गर्न खोज्नेहरुबाट जोगिएर अघि बढ्न ओलीको आग्रह

सोमबार, ०५ साउन २०८२, १६ : १४

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्त्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।  सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्त्वहरू विभाजित गर्ने गरी लागेको भन्दै नेताहरूलाई सो आग्रह गरेका हुन् ।

बैठकमा ओलीले पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर अघि बढाउने गरी लाग्नुपर्ने बताउँदै पार्टीका बाहिर र भित्री तत्त्वलाई चलाएर विभाजित गर्ने तत्त्वहरू आए । त्यसलाई जोगाएर अघि बढ्नुपर्ने बताए । साथै, उनले अहिले पार्टी रूपान्तरणको बेला भएको र सानातिना अन्तर्विरोधमा नफस्न पनि आग्रह गरे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले पार्टी रूपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तर्विरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

 
सोमबार, ०५ साउन २०८२, १६ : १४

प्रतिक्रिया