प्रचण्डको जनार्दनलाई जवाफ : पार्टी कमिटी र परामर्श समितिमा मत राख्न दिएकै छु

बुधबार, ०७ साउन २०८२, १७ : ०२

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले हिजो (मंगलबार) दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले शर्माको नामै नलिई पार्टीभित्र कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएको  बताएका हुन् । 

मंगलबार उपमहासचिव शर्माले सोही स्थानबाटै पार्टीमा जनवाद हराएको बताउँदै पार्टीमा लोकतान्त्रिकरण र नेतृत्वमा पुस्तान्तरणको लागि संघर्ष गरिरहको बताएका थिए  । त्यसकै जवाफमा प्रचण्डले आफूलाई ३६ वर्ष नेतृत्वमा रहिरहेकोमा कसैलाई छटपटी भएको भन्दै शर्मा लक्षित जवाफ फर्काएका हुन् । 
 
उनले भने, ‘३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ । ३६ वर्ष के गर्‍यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध गर्‍यो । २०५२ सालमा विद्रोह गर्‍यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्‍यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई  थाहा छ ।’

यो पनि पढ्नुस्

जनार्दनको अभिव्यक्तिले खुमलटारमा तरंग, आजै प्रतिवाद गर्ने प्रचण्डको तयारी
 

 
 
बुधबार, ०७ साउन २०८२, १७ : ०२

प्रतिक्रिया