प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

विहीबार, ०८ साउन २०८२, ११ : १७

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेस गरेअनुसार कम्पनीले सो सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।  

संस्थापक सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।

 
विहीबार, ०८ साउन २०८२, ११ : १७

प्रतिक्रिया