राष्ट्रपति हुन पार्टी त्यागेर होइन, पार्टीकै जिम्मेवारी लिएर गएको हुँ : विद्या भण्डारी (पूर्णपाठ)

शुक्रबार, ०९ साउन २०८२, १७ : १६

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुनः पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले कसैलाई लागेकै भरमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् । ‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भनिन् ।

उनले विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको स्पष्ट पारिन् । ‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उनले भनिन्, ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधि अनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेर भनेको हुँ ।’

 
 
 
शुक्रबार, ०९ साउन २०८२, १७ : १६

प्रतिक्रिया