सुदन किरातीको आग्रह– पार्टी विभाजनको आरोप लगाउने प्रवृत्ति विरुद्ध प्रतिवाद गरौं

आइतबार, ११ साउन २०८२, ०९ : ५४

काठमाडौं– नेकपा(माओवादी केन्द्र)का नेता सुदन किरातीले पार्टीको केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न चार बुँदे सुझाब दिएका छन् । पूर्वमन्त्री समेत रहेका किरातीले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्न समेत आग्रह गरेका छन् । 

पछिल्लो समय माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष निकै चर्किएको छ । अध्यक्ष प्रचण्डले पार्टीलाई विधि र पद्धतिमा रुपान्तरण गर्ने प्रस्ताव राखेका उपमहासचिव शर्मालाई पार्टी छाड्न चुनौती दिएको घटनालाई लक्षित गर्दै किरातीले यस्तो सुझाब दिएका हुन् ।

साथै उनले नेतृत्वको चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरेर नेतृत्वको योगदानलाई जुगजुगसम्म बचाउन सुझाब दिएका छन् । किराती माओवादीमा उपमहासचिव शर्मा पक्षीय नेताका रुपमा चिनिन्छन् ।

उनले लेखेका छन्–

पछिल्लो पार्टी केन्द्रीय समितिको निर्णयको स्प्रीट कार्यन्वयन गर्न निम्न सर्तहरु दृढता पूर्वक लागु गरौँ । 
सर्तहरुः
१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तिव्र बनाउ । 
२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।  
३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ । 
४.नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

 
 
 
 
आइतबार, ११ साउन २०८२, ०९ : ५४

प्रतिक्रिया