हिमालयन लाइफद्वारा राउटे समुदायलाई कपडा सहयोग

आइतबार, ११ साउन २०८२, १० : ३४

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी डडेलधुरा जोगबुढा ,पर्शुराम नगरपालिका ४ रज्युडीमा लोपोन्मुख राउटे समुदायको ५२ परिवारका २३२ सदस्यलाई ट्र्याक सुट र टिसर्ट वितरण गरेको छ।

डडेलधुरा उप प्रादेशिक प्रमुख टेक राज आचार्यको प्रमुख अथित्यतामा सम्पन्न उत्त कार्यक्रम वडा न. ४ अध्यक्ष बीस राम सिङ्ह बोहरा तथा अन्य सदस्यको रोहबरमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष बोहराले यस्ता कार्यक्रमले राउटे जातीलाई निकै हौसला पुग्ने एकै स्थानमा बस्ने वातावरण मिल्ने र बीमाप्रति समाजको सकारात्मक धाराणा निर्माण हुने बताउँदै कम्पनीलाई हार्दिक आभार सहित धन्यवाद पत्र समेत उपलब्ध गराए ।

कार्यक्रमको विषयमा स्पष्ट पार्दै यो नितान्त सहयोगी र परोपकार भावनाले संस्थागत सामाजिक उत्तरदायित्व को रूपमा हरेक वर्ष हिमालय लाइफले यस्ता काम गर्दै आइरहेको,गत वर्ष पनि पहाडका विभिन्न जिल्लामा ज्याकेट वितरण गरेको , खाद्यान्न,फलफूल वितरण गरेको र आउने दिनहरूमा पनि यस्ता कार्यक्रम हुँदै जाने संस्थाको प्रदेश उप प्रमुख टेक राज आचार्यले बताए ।

उनले राउटे जातीले पनि भविष्यको बारेमा सोच्नपर्छ ,बचतको बानी बसाल्नुपर्ने र आफ्ना साना नानी बाबुलाई विद्यालय मा पठन पाठनको लागि पठाउने गर्नुपर्छ भन्दै बीमाको महत्त्व र औचित्यको बारेमा आफ्ना धारणा राखे ।

 
आइतबार, ११ साउन २०८२, १० : ३४

प्रतिक्रिया