काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी सेयरधनीलाई संकलन गर्नका लागि आग्रह गरेको छ।
कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही सेयरधनीले नलिएकोले त्यस्तो सेयरधनीको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ।
यसका साथै कम्पनीले सेयर अभौतिकीकरण, विवरण अद्यावधिक र डिम्याट नवीकरण गर्न पनि आग्रह गरेको छ।
लाभांश पारित भएको लामो समयसम्म पनि सेयरधनीले नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनु पर्ने नियम छ।
प्रतिक्रिया