काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी भएका छन् ।
आज भएको निर्वाचन (वर्ष २५–२७) मा उनले १५ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो।
अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८सय ४८ मत, विद्या भूषण कार्कीले ११सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए ।
एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय ७९ जनाले मतदानमा सहभागी भएका थिए । एनआरएनए क्यानडाको महासचिवमा शर्मिला रानाभाट विजयी भएकी छन् । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतीक भण्डारी र वेस्टर्नमा विशाल थापा विजयी भएका छन् ।
कोषाध्यक्षमा इन्दिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिवमा विजय लम्साल विजयी भएका हुन । त्यस्तै यूथ कोअर्डिनेटरमा हेमराज काफ्ले विजयी भएका छन् । त्यसै गरी आइसिसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पीताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन् । सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ विष्णुमाया क्षेत्री, लन्डन सिटीबाट विजय तमाङ र शिव डल्लाकोटी विजयी भएका हुन ।
यस्तै एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत विजयी भएका छन् । शनिवार स्कारब्रोमा भएको साधारण सभाले उनीहरूलाई सर्वसम्मत विजयी बनाएको हो । सो दुवै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाँचै जनालाई सर्वसम्मत विजयी गराइएको जनाइएको छ ।
उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पण्डित र युवा संयोजक (महिला) पदमा स्वीकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्विरोध विजयी भएका हुन् ।
त्यसै गरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया/पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरत कुमार शर्मा, किचनर/वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रीटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट बिनोद शर्मा, भ्यानकुवरबाट गोबिन्द क्षेत्री निर्विरोध विजयी भएका छन् ।
अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पान्डे, भिम तिवारी र महिला तर्फ प्रीन्जीया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन्
प्रतिक्रिया