कांग्रेस संसदीय दलको मत विभाजन

कांग्रेस बागमती संसदीय दलको नेता बहादुरसिंह लामा पदमुक्त, कसको पक्षमा कति मत ?

मंगलबार, १३ साउन २०८२, १३ : ५४

काठमाडौं- नेपाली कांग्रेस बागमती संसदीय दल नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामा संसदीय नेताबाट पदमुक्त भएका छन्। कांग्रेसकै प्रदेशसभासदस्यहरुले लामाविरुद्ध अविश्वासको मत दर्ता गरेपछि आज भएको मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरेका छन् । 

कांग्रेसका कुल ३७ सांसद रहेको बागमतीमा बहुमतका लागि १९ सांसदको आवश्यक पर्छ ।  अविश्वास प्रस्तावको पक्षमा इन्द्रबहादुर बानियाँसहित २२ सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावको विपक्षमा लामा सहित कुन्दनराज काफ्ले लगायत १५ जनाले हस्ताक्षर गरेका छन् ।

यी हुन् मुख्यन्त्री रहेका लामा विरुद्ध परेको अविश्वासको मतको पक्षमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरु 

१ इन्द्रबहादुर बानियाँ

२ शिवराज अधिकारी

३ कञ्चनचन्द्र वादे

४ दिपेन्द्र श्रेष्ठ

५ पुकार महर्जन

६ बिनु रायमाझी पौडेल

७ यमुना देवी श्रेष्ठ

८ उर्मिला नेपाल केसी

९ शान्ता ढकाल

१० प्रभात तमाङ

११ छिरीङ्ग दोर्जे लामा

१२ मीना पराजुली

१३ यांकिला शेर्पा

१४ मीन कृष्ण महर्जन

१५ बिमल ठकुरी

१६ मदुकुमार श्रेष्ठ

१७ सुरजचन्द्र लामिछाने

१८ सुरेश श्रेष्ठ

१९ श्रीराम लामिछाने

२० सुना परियार

२१ श्यामबहादुर खड्का

२२ कृष्णबहादुर तामाङ

यी हुन् लामाकै पक्षमा हस्ताक्षर गर्ने सांसदहरु

१ बहादुरसिंह लामा तामाङ

२ कुन्दनराज काफ्ले

३ उत्तम जोशी

४ लक्ष्मी श्रेष्ठ

५ रमेशकुमार महत
६ हरिप्रभा खड्गी

७ रामकुमार पहाडी

८ छेत्रबहादुर बम्जन

९ गिता गुरूङ

१० मसिना खड्का

११ तिर्थ लामा

१२ रामकृष्ण चित्रकार

१३ माया श्रेष्ठ

१४ गोविन्द लम्साल

१५ समिता खड्गी

 
 
मंगलबार, १३ साउन २०८२, १३ : ५४

प्रतिक्रिया