सुदूरपश्चिमका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

मंगलबार, १३ साउन २०८२, १४ : ५०

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका छन् ।

रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । 

तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 
मंगलबार, १३ साउन २०८२, १४ : ५०

प्रतिक्रिया