कर्णालीका ठूला जिल्ला सुर्खेत र दैलेखको राप्रपा अधिवेशन शाही र किरणले कमाण्ड गर्ने

विहीबार, १५ साउन २०८२, २० : ०५

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले गर्नका लागि देशभरका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ । कर्णालीका दुई ठूला जिल्ला सुर्खेत र दैलेखमा केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य रवि किरण हमाललाई पर्यवेक्षक तोकिएको छ । 

रणनीतिक हिसाबले पनि कर्णालीका सुर्खेत र दैलेख पार्टी महाधिवेशनमा महत्वपूर्ण छन्। सुर्खेत र दैलेखमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला र सबैभन्दा धेरै स्थानीय तह भएको दैलेख जिल्ला (११) मा शाही र किरणलाई पर्यवेक्षक बनाउनुले कर्णालीमा आगामी महाधिवेशनमा सशक्त भूमिका हुने अपेक्षा राप्रपाजनले गरेका छन् ।

पर्यवेक्षकहरूलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन जिम्मेवारी दिइएको छ ।

विहीबार, १५ साउन २०८२, २० : ०५

प्रतिक्रिया