काठमाडौं–कान्तिपुर सिटी कलेज (केसीसी) ले KCC Exhibit 2025 आगामी साउन १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
“Innovate, Exhibit, Inspire” भन्ने मूल नारासहित आयोजना हुने यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने उद्देश्य राखेका जाइएको हो ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शित गरिनेछन् । जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), सफ्टवेयर एप्लिकेसनहरू, वेबरमोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश हुनेछन् ।
त्यस्तै, BBA विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ं खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछन् । जसले उद्यमशिलतालाई प्रोत्साहन गर्नेछ । प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् ।
जसमा चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति, तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन् ।
प्रतिक्रिया